अस्थायी रुपमा भ्याटमा दर्ता

परिचय

भ्याट दर्ताको व्यवस्था मु.अ. कर ऐन २०५२ दफा १० र १०क मा उल्लेख गरिएको छ।मु.अ. कर ऐन २०५२ अनुसार निम्नलिखित विधिहरु अनुसार व्यवसाय भ्याटमा दर्ता गर्नु पर्दछ।

  1. अनिवार्य रुपमा भ्याटमा दर्ता।
  2. स्वैच्छिक भ्याटमा दर्ता र
  3. अस्थायी रुपमा भ्याटमा दर्ता।

हामीले अघिल्लो पोष्टमा अनिवार्य रुपमा तथा र स्वैच्छिक रुपमा भ्याटमा दर्ताको बारेमा चर्चा गरिसकेका छौँ । यस पोष्टमा हामी नेपालमा अस्थायी भ्याट दर्ताको प्रावधानको बारेमा र विस्तृत रूपमा छलफल गर्नेछौं।

अस्थायी रुपमा भ्याटमा दर्ता।

पृष्ठभुमि तथा परिचय

अस्थायी रेजिष्ट्रेसनलाई “प्रदर्शनी दर्ता” पनि भन्ने गरिन्छ। भ्याटमा दर्ता नभएका व्यक्तिले यदि प्रदर्शन, मेला ,महोत्सव वा त्यस्तै अन्य कार्यक्रमहरुमा मालसामान तथा सेवा आपूर्ति गरे भने उक्त मालसामान तथा सेवाको रकममा कुनै भ्याट नलाग्ने भएकाले दर्ता गरिएको व्यक्ति भन्दा थोरै मुल्यमा आपूर्ति गर्न सक्छन। यसरि यदि दर्ता नगरिएका व्यवसायहरूलाई स्वतन्त्र रूपमा त्यस्ता कार्यक्रमहरूमा भाग लिन अनुमति दिइयो भने, इमानदार करदाताहरु मारमा पर्न जान्छन। यस अवस्थालाई सम्बोधन गर्न र करको समान व्यवहार सुनिस्चित गर्न अस्थायी रुपमा भ्याटमा दर्ताको व्यवस्था ल्याइएको हो। मु. अ. कर ऐन २०५२ को दफा १०क मा अस्थायी भ्याट दर्ताका प्रावधानहरु उल्लेख गरिएको छ।

नेपालमा कस्ता व्यवसाय अस्थायी रुपमा दर्ता हुनुपर्दछ ?

कुनै पनि प्रकारको प्रदर्शन, मेला , महोत्सव वा त्यस्तै अन्य कार्यक्रमहरुमा भाग लिन इच्छुक कुनै पनि दर्ता नभएका व्यक्ति तथा उक्त कार्यक्रमको आयोजक स्वोयम पनि अस्थायी दर्ता हुनुपर्दछ।

अस्थायी दर्ताको प्रक्रिया के हो?

अस्थायी दर्ताको प्रक्रिया मु. अ. कर नियमावली २०५३ नियम ७क मा स्पस्ट पारिएको छ। भ्याटको लागि अस्थायी रूपमा दर्ता गर्न, आयोजकको सिफारिससहित दर्ताका लागि आवेदन आन्तरिक राजस्व विभाग कार्यालयमा पेश गर्नु पर्दछ। यस प्रक्रियाको बखत करदाताले उक्त कार्यक्रमबाट आउने अनुमानित बिक्री रकमको २% धरौटी बापत जम्मा गर्नु पर्ने हुन्छ। यसरी सबै कागजात तथा धरौटी रकम जम्मा गरेपछि कर अधिकारीले अस्थायी दर्ता प्रमाणपत्र जारी गर्दछ।

अस्थायी रुपमा दर्ता भएपछि पालना गर्नुपर्ने नियम

  1. करदाताले कार्यक्रम समाप्त भएको ७ दिन भित्र राजस्व कार्यालयमा अस्थायी दर्ता खारेजीको निवेदन पेश गर्नु पर्छ। उक्त आवेदनमा सक्कल भ्याट प्रमाणपत्र, कर तिरेको प्रमाणपत्र, भ्याट रिटर्न, कर भुक्तानी र साथै आयोजकको सिफारिस पत्र पनि समावेश हुनुपर्दछ।
  2. दर्ता गर्दा धरौटी स्वोरुप राखिएको २% रकम संकलन गरीएको भ्याटसंग मिलान गर्न सकिन्छ।
  3. भ्याट रिटर्न, भुक्तानी तथा पेस गरिएको कागजातहरूको निरीक्षण पछि कर अधिकारीले दर्ता खारेजीको आवेदन दिएको अधिकतम १५ दिन भित्रमा दर्ता खारेज गर्नेछ।

नोट :- (नियम ७क. ७) : यदि निरीक्षणको क्रममा कर अधिकारीले थप कर दायित्व मूल्यांकन गरेमा उक्त कर दायित्व भुक्तानी गर्न अधिकतम ३ दिनको म्याद प्रदान गरिन्छ। ३ दिनको म्याद भित्र पनि करदाताले यदि कर दायित्व भुक्तानी गर्न असफल भएमा धरौटी स्वोरुप राखिएको २% रकमबाट दायित्व मिलान गरिन्छ। यदि २% धरौटी रकम दायित्व भन्दा कम भए कम भएको रकम कार्यक्रम अयोजकबाट असुलउपर गरिन्छ।

सावधान

यस् लेखको उदेश्य भनेको शैक्षिक तथा जानकारीमूलक ज्ञान प्रदान गर्नु हो। यस् लेखको आधारमा निर्णय लिई कसैलाई कुनै प्रकारको वित्तिय क्षति नोक्सानी हुन गएमा लेखक जिम्मेवार हुने छैन। यस् लेखमा भएको जानकारी कदापनि विज्ञहरुको सल्लाहको वैकल्पिक मध्यम हुने छैन। वित्तिय निर्णय लिनुपुर्व कृपया विज्ञको सहायता लिनुहोस् वा हामीलाई सम्झनुहोला।

Tags : 

Blogs

Share This : 

Leave a Comment

Your email address will not be published. Required fields are marked *

error: Genuine people have been working hard to provide these resources. Preventing illegal copying and copyrights protect their livelihood. BE SMART!! DONT COPY.